दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख संक्रमित
सोल । दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट संक्रमित हुने गरेका छन् ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ सङ्क्रमित भएका हुन् ।
थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको संख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ ।
पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक संक्रमितहरूको संख्या साढे तीन लाखभन्दा बढी भएका छन् ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेपछि दैनिक संक्रमितहरूको संख्यामा एकाएक वृद्धि भएको हो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया