साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक एक लाख ८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ४ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
प्रतिक्रिया