मन्त्रिपरिषद् विस्तारप्रति जपा असन्तुष्ट, मन्त्री खानले राजीनामा दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषद् विस्तारप्रति सत्ता साझेदार दल जनमत पार्टीले असन्तुष्ट जनाएको छ ।
यसअघि सरकारमा खानेपानीमन्त्री रहेका अब्दुल खानले मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिने भएका हुन् । जपाले उद्योग मन्त्रालय माग दाबी गर्दै आएको थियो तर सो मन्त्रालय कांग्रेसले लिएपछि खानले मन्त्रीबाट राजीनामा दिन लागेका हुन् ।
राजीनामा बुझाउन बालुवाटार पुगेका मन्त्री खानलाई सहमतिमा ल्याउने प्रयास भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया