कर्णालीका मुख्यमन्त्री शर्मालाई एमालेको साथ, दोस्रोपटक पाए विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको पक्षमा ३८ सांसदले मत दिएका हुन् ।
४० सदस्यीय प्रदेश सभामा एक जनाले विपक्षमा मतदान गरे । शर्माले राप्रपाबाहेक सत्तारूढ दल एमाले, माओवादीसहित विपक्षी कांग्रेस, नेकपा एस र स्वतन्त्रसमेत मत प्राप्त गरेका हुन् ।
मुख्यमन्त्री शर्मालाई कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाहीले मत दिएका थिए । यसअघि माघ ६ गते विश्वासको मत लिएका शर्माले राप्रपा सरकारबाट बाहिरिएपछि दोस्रोपटक विश्वासको मत पाएका हुन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया