प्रधानमन्त्रीसँग धरधरी रोए मिटरब्याजपीडित (तस्बिरहरू)
काठमाडौं । मिटरब्याजपीडितले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
भेटका लागि निवासमै आउन अनुमति दिएपछि शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उनीहरूले आफ्ना दुःख बिसाएका हुन् ।
भेटका क्रममा उनीहरूले प्रधानमन्त्रीसँग आफूले मिटरब्याजीबाट भोगेका अत्याचार र ज्यादति सुनाए । मिटरब्याजीको अन्यायका कारण समस्यामा परेको उल्लेख गर्दै उनीहरूले न्याय दिन आग्रह गरे ।
आफ्ना भनाइ राख्नेक्रममा केही मिटरब्याजपीडित सम्हालिन नसकेर रोएका थिए । जसले केहीबेर त्यहाँको माहोल भावुक समेत बन्यो । 
मिटरब्याजपीडितको ज्ञापनपत्र र गुनासो सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा न्याय दिने प्रतिबद्धता जनाएका छन् । साथै उनले मिटरब्याजपीडितको न्यायको लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गरिएको जानकारी पनि दिए ।
यसअघि सरकारले मिटरब्याजपीडितसँग वार्ता गर्न एक समिति गठन गर्नुका साथै मिटरब्याजीलाई अपराध मान्ने गरी कानून संशोधन गर्ने निर्णय गरेको थियो ।
लामो समयदेखि संघर्षरत मिटरब्याजपीडित दुई साता पैदलै हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका थिए । काठमाडौं आएदेखि नै उनीहरूले न्यायका लागि सरकारलाई दबाब दिइरहेका छन् ।



तस्बिरहरू : प्रदीपराज वन्त
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया