महामन्त्री द्वय गगन र विश्वप्रकाश बने चुनावी कमाण्डर
काठमाडौं । कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा महान्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको छ ।
सोमबार हुने उम्मेदवार मनोनयन दर्ताका लागि थापा तनहुँ र शर्मा चितवन जाने कार्यक्रम छ । उनीहरू नोमिनेसनपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन् ।
गठबन्धनबाट दुवै क्षेत्र कांग्रेसले उम्मेदवारी दिएको छ । तनहुँ–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेका छन् भने चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
भट्टराईविरूद्ध रास्वपाबाट कांग्रेसका विद्रोही नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले उम्मेदवारी दिँदैछन् । श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेको सामना गर्दैछन् । बारा–२ मा कांग्रेसले जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया