महामन्त्री द्वय गगन र विश्वप्रकाश बने चुनावी कमाण्डर
काठमाडौं । कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ–१ र चितवन–२ मा महान्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको छ ।
सोमबार हुने उम्मेदवार मनोनयन दर्ताका लागि थापा तनहुँ र शर्मा चितवन जाने कार्यक्रम छ । उनीहरू नोमिनेसनपछि आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन् ।
गठबन्धनबाट दुवै क्षेत्र कांग्रेसले उम्मेदवारी दिएको छ । तनहुँ–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार रहेका छन् भने चितवन–२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
भट्टराईविरूद्ध रास्वपाबाट कांग्रेसका विद्रोही नेता तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले उम्मेदवारी दिँदैछन् । श्रेष्ठले रास्वपाका सभापति रवि लामिछानेको सामना गर्दैछन् । बारा–२ मा कांग्रेसले जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया