रविमाथि मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं चितवन–२ का उम्मेदवार रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
युवराज पौडेलले आइतबार महान्यायाधिवक्ताको निर्णयविरूद्ध रिट दायर गरेको सर्वोच्च प्रशासनले जनाएको छ । प्रशासनले दिएकाे जानकारी अनुसार रिट दर्ता गर्ने वा नगर्नेबारे छलफलपछि निर्णय लिइनेछ । मुद्दा दर्ता भएमा उनी अप्ठ्यारोमा पर्न सक्छन् ।
रविले दोहोरो राहदानी लिएको आरोप लगाउँदै उनीविरूद्ध गृहमन्त्रालय र प्रहरीमा उजुरी परेको थियो । रविमाथि परेको उजुरीमाथि अनुसन्धान गरी प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
उनीहरूले रविमाथि मुद्दा चलाउनु पर्ने मनासिव कारण नदेखिएको रायसहित प्रतिवेदन महान्याधिवक्तालाई बुझाएका थिए । त्यही रायका आधारमा चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।
यसअघि रविले दोहोरो नागरिकता लिएकोभन्दै पौडेलले उनीविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च आदालतले १३ माघमा रविको सांसद पद खारेज गरेको थियो । अदालतको फैसलाबाट रिक्त भएको चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया