सभामुखको अधिकार खोस्ने गरी ल्याएको संशोधन विधेयक सत्तारूढ सांसदहरूले फिर्ता लिए
काठमाडौं । सत्तारूढ दलका सांसदहरू सभामुखको तजबिजी अधिकार खोस्ने प्रस्तावबाट पछि हटेका छन् ।
यसअघि संसद बैठक सञ्चालन र स्थगतसम्बन्धी सभामुखको अधिकार कटौती गर्ने गरी सत्तारूढ दल कांग्रेस, माओवादी, रास्वपा, जसपा लगायतका सांसदहरूले प्रतिनिधिसभा नियमावली विधेयकमाथि संशोधन विधेयक दर्ता गराएका थिए ।
संशोधन प्रस्तावमा सभामुखको तजबिजी अधिकार कटौती गरी कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने प्रस्ताव गरेका थिए ।
अब कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने गरी आफ्नो संशोधन फिर्ता लिएको कांग्रेसका सांसद रामहरी खतिवडाले बताए ।
यसअघि खतिवडाले सभामुख पार्टी विशेषको नहोस् वा अमुक दलबाट प्रभावित नहुन् भन्नका लागि संशोधन विधेयक दर्ता गरेको दाबी गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया