१६ अंकले घट्यो नेप्से, नबिल बैंकको सर्वाधिक कारोबार
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार घटेको नेप्से सोमबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से १६.९१ अंकले घटेर एक हजार १८७१.६३ अङ्कमा कायम भएको छ ।
आज दुई सय ६० कम्पनीको २७ हजार २६८ पटक कारोबारमा २८ लाख १२ हजार ९९० कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड ५१ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ ।
आज व्यापारबाहेक सबै समूहको उपसूचक रातो देखिएको छ । व्यापार १.२१ प्रतिशतले बढेको छ ।
घटेक उपसमूहरूमा सबैभन्दा धेरै जलविद्युत १.३० प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७५, विकास बैंक ०.९९, वित्त ०.७९, होटल तथा पर्यटन ०.५६, लगानी १.०२, जीवन बीमा ०.५१, उत्पादन १.०४, माइक्रोफाइनान्स १.१५, म्युचल फण्ड ०.९०, नीर्जीवन १.१९ र अन्य ०.५६ प्रतिशतले घटेको छ ।
आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै आज ८.५ प्रतिशत प्रभु बैंक डिवेञ्चर २०८७ का लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नबिल बैंकको ३ करोड ६२ लाख ७९ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एसिया बैंक लिमिटेडको २ करोड ९३ लाख १९ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै ग्लोबल आइएमइ बैंक २ करोड ५३ ल ख ८९ हजार, हिमालय डिष्टिलरी २ करोड १७ लाख ३७ हजार र अपि पावर कम्पनीको २ करोड ६ लाख ३५ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया