धनराज र गगनप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘यिनको व्यवहार देख्दा कांग्रेससँग तालमेल हुन गाह्रो छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेस्थानीय तहको चुनावमा आवश्यकताअनुसार तालमेल हुनसक्ने बताए ।
पार्टीको राजनीतिक र वैचारिक प्रशिक्षणका लागि आइतबार पोखरा पुगेका उनले यस्तो बताएका हुन् ।
कांग्रेसका केही जिम्मेवार नेताहरूको व्यवहार देख्दा कांग्रेससँग तालमेल हुन अप्ठ्यारो रहेको प्रचण्डको भनाइ थियो ।
पछिल्लो समय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले माओवादीलाई होच्याएर अभिव्यक्ति दिएकोप्रति उनले यस्तो बताएका हुन् ।
यी दुई नेताले केही समयअघि कांग्रेसलाई हात्ती र माओवादीलाई चमेरोको संज्ञा दिएका थिए ।
सो अवसरमा प्रचण्डले आफ्नो पार्टी पहिलो पार्टी हुने माहोल बन्दै गएको दाबीसमेत गरे ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया