सुरक्षा कारबाहीमा ६ जना आईएस लडाकु मारिए
अफगानिस्तान । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् ।
बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् । अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–शही जिल्लामा आईएसविरुद्ध कारबाही गरेको थियो ।
गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आईएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आईएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया