तीन दिनको लगातार गिरावटपछि एकल अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको पहिलो कारोबारयता घटेको नेप्से बुधबार एकल अंकले बढेको छ । बुधबार नेप्से ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा झरेको छ ।
आज दुई सय ६२ कम्पनीको २१ हजार ५०४ पटक कारोबारमा २६ लाख ७१ हजार ९५६ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ करोड ६० लाख ४६ हजार ७९० रूपैयाँको कारोबार भएको छ । आज तीन उपसमूहको सूचक घटेको छ भने बाँकी समूहको उपसूचक हरियाली देखिएको छ ।
घटेका उपसमूहरूमा उत्पादन ०.१०, नीर्जीवन बीमा ०.५२ र व्यापार ०.४१ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा बैंकिङ ०.६५, विकास बैंक ०.११, वित्त ०.४०, लगानी ०.६०, जीवन बीमा ०.३१, होटल तथा पर्यटन १.०४, जलविद्युत ०.४१, माइक्रोफाइनान्स ०.८७, म्युचल फण्ड ०.६८ र अन्य ०.२७ प्रतिशतले बढेको छ ।
आज कालिञ्चोक दर्शन लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै आज सिटिजन म्युचल फण्ड १का लगानीकर्ताले सर्वाधिक ७.१५ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम् सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख ३७ हजार ८६५ रूपैयाँको कारोबार भयो । दोस्रोमा नबिल बैंक २ करोड ३५ लाख ८४ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै गुराँस लाइफ २ करोड २१ लाख ५९ हजार, एनआइसी एसिया बैंक १ करोड ८६ लाख १३ हजार र हिमालय डिष्टिलरी १ करोड ५१ लाख ८० हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया