घट्यो सुनको मूल्य

काठमाडाैं । बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेर एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ६५० रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा ५ रूपैयाँ घटेर एक हजार चार सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया