चुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा बहस गर्न ओलीको आग्रह
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन आग्रह गरेका छन् ।
उपनिर्वाचनमा भाग लिने धेरैजसो उम्मेदवारहरूमा नयाँ र युव अनुहार देखिएको उनले खुशी व्यक्त गरेका छन् ।
‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु’, बिहीबार उनले फेसबुकमा लेखेका छन्, ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन। अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ।’
उनले चुनावी प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवारलाई शुभकामना दिएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया