भेटेरिनरी अस्पतालका कर्मचारीले पाएनन् चार महिनादेखि तलब
काठमाडौं । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय, मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब छैनन् ।
कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी कार्यरत रहेका छन् ।
कर्मचारीले गत पुसदेखि हालसम्म तलब सुविधा नपाएको गुनासो गरेका छन् । बागमती प्रदेशको लेखा नियन्त्रक कार्यालयले सो कार्यालयमा लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएको कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बताए ।
साथै लेखापाल नहुँदा कर्मचारीको तलब निकासा, भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानले पाउनुपर्ने क्षतिपूर्तिसमेतमा बाधा पुगेको सो कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी पठाएको बताए । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले लेखापालको अभावमा समस्या आएको र त्यसका लागि पहल भइरहको जानकारी दिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया