सुनको मूल्य पुनः घट्यो, प्रतितोला कतिमा हँदैछ कारोबार ?

काठमाडाैं । बिहीबार घटेको सुनको मूल्य शुक्रबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा ५ रूपैयाँ बढेर एक हजार चार सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु
-
भन्सार विधेयक राष्ट्रिय सभाबाट पारित
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
प्रतिक्रिया