उत्तर अफगानिस्तानका ४७ परिवारलाई चीनबाट सहयोग प्राप्त
शिबरघान । अफगान अधिकारीहरूले शनिबार उत्तरी जाज्जान प्रान्तमा अत्यावश्यक मानवीय सहयोगको खाँचोमा परेका परिवारलाई चीनले मानवीय सहायता प्राप्त गरेको बताएका छन् ।
प्राकृतिक प्रकोप व्यवस्थापन र मानवीय मामिलाका प्रान्तीय निर्देशक मल्लवी सिराजुद्दीन सिराजीले आइतबार यसबारे जानकारी दिएका छन् ।
शनिबार दिउँसो प्रान्तीय राजधानी शिबरघान शहरमा चामल, पाल र न्यानो लुगा लगायतका सहायता प्याकेजहरू वितरण गरिएको छ ।
यसैगरी चीनले गत महिना मध्य बाम्यान र पश्चिमी निमरोज प्रान्तका ८०० भन्दा बढी विपन्न परिवारलाई चामल र गहुँ लगायतका खाद्यान्न उपलब्ध गराएको थियो ।
चीनले गत वर्ष द्वन्द्वग्रस्त तथा विपन्न मुलुकका गरिब, भूकम्पपीडित र बाढीपीडित परिवारलाई कोभिड–१९ विरुद्धको खोप, जाडो लुगा, टेन्ट र खाद्यान्न उपलब्ध गराएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया