बेल्जियममा भीडमा कारले ठक्कर दिँदा ६ को मृत्यु
काठमाडौं । दक्षिणी बेल्जियममा तीव्र गतिमा आएको एउटा कारले मानिसहरुको भीडमा ठक्कर दिँदा ६ जनाको मृत्यु भएको छ ।
राजधानी ब्रसेल्सबाट करिब ५० किलोमिटरको दुरीमा रहेको एउटा सानो सहरमा भएको थियो । आइतबार झन्डै ६० जना मानिसहरू एक मेलामा सहभागी हुने तयारी गरिरहेका बेला तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो ।
प्रहरी प्रवक्ताका अनुसार दुर्घटनामा धेरै घाइते भएका छन् । घाइतेमध्ये केहीको हालात गम्भीर छ । घटना आतंकवादी आक्रमण हो वा होइन भन्ने बारे अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रवक्ता क्रिस्टिना इयानोले यो एक दुखद दुर्घटना भएको बताइन् । कारका चालक र कारमा सवार अन्य व्यक्तिलाई हिरासतमा लिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया