पीडितको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ
काठमाडौं । आफूलाई अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिँदै आएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी घर भएकी उनलाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबार ब्युरोले जनाएको छ ।
वाइबाले अभिनेता पल शाह प्रकरणमा पीडित पक्षलाई मानमर्दन हुने खालका अभिव्यक्ति दिएको प्रहरीको आरोप छ ।
केही हप्ताअघि अभिनेत्री रेखा थापाले पनि आफ्नो चरित्रहत्या गरेको आरोपमा वाइबाविरुद्ध उजुरी दिएकी थिइन् ।
३० वर्षीय वाइबा काठमाडौंमै बस्दै आएकी थिइन् ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया