पीडितको चरित्रहत्या गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं । आफूलाई अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अभिव्यक्ति दिँदै आएकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी घर भएकी उनलाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबार ब्युरोले जनाएको छ ।
वाइबाले अभिनेता पल शाह प्रकरणमा पीडित पक्षलाई मानमर्दन हुने खालका अभिव्यक्ति दिएको प्रहरीको आरोप छ ।
केही हप्ताअघि अभिनेत्री रेखा थापाले पनि आफ्नो चरित्रहत्या गरेको आरोपमा वाइबाविरुद्ध उजुरी दिएकी थिइन् ।
३० वर्षीय वाइबा काठमाडौंमै बस्दै आएकी थिइन् ।
प्रतिक्रिया