हरियो रङको मतपत्र निर्वाचन आयोगको कांग्रेसलक्षित काम : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।
मतपत्रमा हरियो रङको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रङ रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भने, “कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ? इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यावस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गरे ।
फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उनको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनको भनाइ छ ।
एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दाबी गरे ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया