झुक्याएर जग्गा बैना गरी ४५ लाख ठगी
काठमाडौं । जग्गा वैना गरी रु. ४५ लाख तिरेकी एक महिला ठगीमा परेको खुल्न आएको छ । काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ बेलबारी नगरपालिका–३ की ४० वर्षीया ती महिलालाई जग्गा खरिदका लागि मालपोत कार्यालय, भक्तपुरमा दर्ता श्रेस्ता रहेको चार आना जग्गा नाप जाँच गरी राजीनामा पास गरी दिने भनी लोभ देखाएर ठगी गरेको पाइएको छ ।
भक्तपुर साविक दुवाकोट गाविस–१ मा रहेको जग्गाप्रति आना २१ लाखका दरले मूल्य तय गरी विभिन्न बैंकको चेकबाट पटक–पटक गरी रु. ४५ लाख ५० हजार लिएर सम्पर्कविहीन भएपछि महिलाले आफू ठगीमा परेको थाहा पाएको प्रहरीले जनाएको छ । रकम ठगी गर्ने कार्यमा संलग्न अभियोगमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–४ बस्ने ललितपुर महानगरपालिका–३ का ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–१ दरबार मार्गबाट पक्राउ गरी अनुसन्धान थालेको हो । उनलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंमा पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया