सञ्चय कोषले प्रवाह गरेको १२ अर्ब ऋण जोखिममा

काठमाडौं । वाइडबडी जहाज किन्दा कर्मचारी सञ्चय कोषले गरेको लगानी जोखिममा परेको महालेखाले औँल्याएको छ ।
कोषले निगमसँग २८ जेठ ०७४ मा गरेको ऋण सम्झौताअनुसार वाइडबडी जहाज खरिद गर्न सरकारको जमानीमा कोषले १२ अर्ब ऋण प्रवाह गरेको थियो । तर, उक्त ऋणको ब्याज पनि निगमले भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ ।
ब्याजलाई पुँजीकरण गर्ने सञ्चय कोषको सञ्चालक समितिको निर्णयअनुसार साँवा बढेर १४ अर्ब १५ करोड पुगेको छ । ‘ठूला र दीर्घकालीन परियोजनामा लगानी गर्दा विस्तृत अध्ययन, जोखिम विश्लेषण, व्यावसायिक योजनाको मूल्यांकनपश्चात् मात्र कर्जा प्रवाह गर्नुपर्नेमा सो नगरेकाले कोषको कर्जा असुलीमा जोखिम वृद्धि भएको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया