केपी ओलीको भ्युटावरमा महालेखाको हरियो मसी
काठमाडौं । झापाको दमकमा बन्दै गरेको २८ मिटर अग्लो भ्युटावरको सान्दर्भिकतामाथि प्रश्न उठेको छ ।
आफ्नो कार्यकालको अन्तिम प्रतिवेदन पेश गर्दै महालेखा परिक्षक टंकमणि शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा बनिरहेको उक्त भ्युटावरको सान्दर्भिकतामा हरियो मशी लगाएका हुन् ।
महालेखाले भ्युटावरमाथि तीन प्रश्न उठाएको छ ।
एक, भ्यूटावर संचालन कार्यविधि र त्यसवाबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नै भएको छैन ।
दुई, माग र आवश्यकता विना नै भ्यु टावर बनेको छ । यसले लगानीको प्रतिफल सुनिश्चित भएको छैन ।
तीन, तोकिएको समयमा आयोजना सम्पन्न नहुँदा १० करोड २७ लाख ८१ हजार रुपैँया राज्यलाई थप क्षति भइसकेको छ ।
यसरी मुख्यगरी तीन वटा सन्दर्भमा महालेखाले भ्यु टावरमाथि प्रश्न उठाएको हो ।
झापाको दमक नगरपालिकाको दापगाछीमा ५ विगाहा क्षेत्रफलमा २८ तलाको २८ मिटर अग्लो भ्यु टावर निर्माण भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्माण शुरु भएको उक्त भ्यु टावर २०७८ पुस २७ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर तोकिएको म्यादभित्र सम्पन्न हुन नसकेपछि २०८० असार २७ गतेसम्म सम्पन्न गर्ने गरी पहिलो पटक भ्याद थपिएको थियो ।
शुरुमा भ्यु टावर एक अर्ब ५६ करोड १४ लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।
दोस्रो भेरिएसनसम्म १० करोड २७ लाख थप लगानी बृद्धि भएको छ । तर अहिलेसम्म १६ औँ तल्लामात्र बनेको छ । १७ औँ र १८ औँ तल्ला बन्न बाँकी छ । भौतिक प्रगति ७० प्रतिशतमात्रै भएको छ भने वित्तिय प्रगती ६० प्रतिशत मात्रै भएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया