समर्थकलाई रास्वपा नेताको सुझाव– अपशब्द नबोल्नूस्, पत्रिका नजलाउनूस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभाका सांसद मनिष झाले पार्टीका समर्थकलाई अनुशाषित, मर्यादित र संयमित हुन आग्रह गरेका छन् । रास्वपाका समर्थकद्वारा ठाउँठाउँमा अमर्यादित गतिविधि भइरहेका बेला झाले त्यसो नगर्न सुझाएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई चार सुझाव दिएका झाले कसैप्रति पनि अपशब्द प्रयोग नगर्न आग्रह गरेका छन् । त्यस्तै, पत्रपत्रिका जलाउने काम नगर्न पनि उनले अनुरोध गरेका छन् । रास्वपाका समर्थकले केही दिनअघि पार्टी सभापति रवि लामिछानेविरुद्ध समाचार लेखेको भन्दै कान्तिपुर दैनिक पत्रिका जलाइएका थिए ।
झाले हामी एक अर्काको प्रतिस्पर्धी भए पनि दुस्मन नै नभएको स्मरण गराएका छन् । रास्वपाले जिते पुग्ने तर अरू सबैले हार्न आवश्यक नभएको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मित्रहरूलाई अनुरोध:
१) अपशब्द प्रयोग नगर्नुस्
२) पत्रपत्रिका जलाउने काम नगर्नुस्
३) हामी एक अर्काको प्रतिस्पर्धी हौ, दुस्मन हैन।
४) हामी जिते पुग्छ, अरू सबै हार्न आवश्यक छैन।— Manish Jha (@manishjhanepal) April 17, 2023
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया