आईएमईको ‘७ मा ७’ अफर सार्वजनिक
काठमाडौं । आईएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।
विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना १ वैशाख २०८० देखि ३१ वैशाखसम्म सञ्चालन हुनेछ ।
विदेशमा रहेका नेपालीहरुले आईएमई वा आईएमईका साझेदारहरु मार्फत पठाएको रकम आईएमई पे, बैंक डिपोजिट तथा आईएमई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्ने कम्पनीले बताएको छ ।
योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजका साथै विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया