कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा
काठमाडौं । नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज विज्ञप्तिमार्फत बागी बनेर स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बाराका पार्टीका सम्पूर्ण सदस्यको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरेको जनाएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी उक्त धाराको व्यवस्था निलम्वन हुने समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।
पार्टी अनुशासनको कारबाही फुकुवा भएका तनहुँ, चितवन र बाराका सम्पूर्ण नेता कार्यकर्तालाई यही वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहनसमेत समितिले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया