नेप्सेमा छायो हरियाली, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । पुँजी बजारमा आज नेप्सेमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.१३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ को बिन्दुमा कायम भएको हो ।
आज दुई सय ७३ वटा कम्पनीका २३ हजार ५०३ पटक कारोबारमा २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिदबिक्री हुँदा ८७ करोड २१ लाख ४१ हजार ११६ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
बुधबार म्युचल फण्डबाहेकका उपसमूहमा हरियाली देखिएको छ । म्युचल फण्ड ०.४७ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा सबैभन्दा धेरै विकास बैंक १.२७ प्रतिशतले बढेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ ०.७६, वित्त १.१३, होटल तथा पर्यटन ०.५४, जलविद्युत ०.८९, लगानी ०.९९, जीवन बीमा ०.६६, उत्पादन ०.३५, माइक्रोफाइनान्स ०.९४, नीर्जीवन ०.८३, अन्य ०.४६ र व्यापार १.१३ प्रतिशतले बढेको छ ।
आज आज कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
बुधबार आदर्श लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै बुधबार कारोबार रकमको आधारमा स्वाभलम्वन लघुवित्त वित्तिय संस्थाको सर्वाधिक ८ करोड ८३ लाख १३ हजार रूपैयाँको कारोबार भयो ।
दोस्रोमा नबिल बैंकको ३ करोड ६६ लाख १७ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया ३ करोड १८ लाख ५६ हजार रूपैयाँ, शिभम् सिमेन्ट ३ करोड १७ लाख ८५ हजार रूपैयाँ र निफ्राको २ करोड ३९ लाख ४७ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया