अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु
एजेन्सी ।अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भई उपचार सेवा लिएका छन् ।
तथ्याङ्क अनुसार यो बर्षको पहिलो १०० दिनमा फ्लुका १९ हजार जनाको मृत्यु भइसकेको छ ।
यो मौसममा अहिलेसम्म बाल रोगका कारण १४३ जनाको मृत्यु भएको छ । सीडीसीको तथ्याङ्कअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन् ।
अमेरिकामा छ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ ।
फ्लु रोगको उपचारमा प्रयोग गर्न सकिने सिफारिस गरिएका ‘फ्लु एन्टिभाइरल’ औषधिहरू पनि छन्, जसलाई जतिसक्दो चाँडो सुरु गर्न आवश्यक छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया