मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई लिखित स्पष्टीकरण दिन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ ।
यादवले पदीय मर्यदाविपरित उननिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी गरेको भन्दै आइतबार स्पष्टीकरण सोधेको आयोगका उपसचिव कमल ज्ञवालीद्वारा जारी विज्ञप्तिका उल्लेख छ । उनका अनुसार यादवलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
निर्वाचनलाई प्रतिकूल असर पर्नेगरी अनुमतिविना के कति कारण पचरौता नगरपालिका क्षेत्रमा गएको हो भनेर स्पष्टीकरण सोधेको हो ।
बारा–२ मा गठबन्धनबाट उम्मेदवार रहेका जसपाका अध्यय उपेन्द्र यादवलाई जिताउन मुख्यमन्त्री यादवले आचारसंहिताविपरित गतिविधि गरेको विपक्षीले आरोप लगाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया