ठूला दलप्रति जनताले चासो नदेखाएकोमा देउवाको चिन्ता
काठमाडौं । कांग्रेसको गढ मानिएको क्षेत्रमै आफ्ना उम्मेदवार पछाडि परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मुख खोलेका छन् । उपनिर्वाचनको प्रारम्भिक मत परिणामतर्फ संकेत गर्दै उनले ठूला दलप्रति जनताले चासो नदेखाएकोमा चिन्ता व्यक्त गरे ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाको भनाई उद्दृत गर्दै पार्टीलाई सुधार्नुको विकल्प नभएको बताएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।
‘उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, जनतासँग जोडिने खालका साना साना कार्यक्रम आउनुपर्छ’, उनले जानकारी दिए ।
बैठकमा धेरै सांसदहरूले कांग्रेसलाई अझै जनतासँग जोडेर लैजानुपर्नेमा जोड दिएका थिए । विगतमा कांग्रेस सरकारमा हुँदा जनपक्षीय काम गर्न नसकेकाले जनता निराश भएको हुनसक्नेतर्फ नेतृत्वको ध्यानकर्षर्ण गराउँदै आगामी दिनमा सच्चिएर जानुपर्ने धारणा राखेको खतिवडाले बताए । सांसदहरूले बोल्नेक्रम नसकिएकाले मंगलबार पुनः बस्ने खतिवडाले जानकारी दिए ।
तीन क्षेत्रका लागि भएको उपनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसका उम्मेदवार भारी मतान्तरले पछाडि परेका छन् । चितवन–२ मा भर्खर मतगणना सुरू भएको भने बारा–२ मा उपेन्द्र यादवले सुरूवाती अग्रता लिएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया