NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नेप्सेमा झिनो अंकको करेक्सन, कारोबार रकम घट्दो क्रममा

काठमाडाैं । पुँजी बजारमा साताको दोसो कारोबार दिन नेप्सेमा झिनो अंकको करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७१ अङ्कले बढेर १८८८.३२ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ७० वटा कम्पनीका ३३ हजार २१३ पटक कारोबारमा २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिदबिक्री हुँदा ७५ करोड १३ लाख ३० हजार ३९३ रूपैयाँ बराबरको कारोबार भएका छन् ।

सोमबार चार कम्पनीबाहेकका उपसमूहमा हरियाली छाएको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.०१, होटल तथा पर्यटन १.८५, लगानी ०.१२ र नीर्जीवन ०.२२ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहरूमा सबैभन्दा धेरै विकास बैंक ०.७२, वित्त ०.४५, जलविद्युत ०.३०, जीवन बीमा ०.८८, उत्पादन ०.६०, माइक्रोफाइनान्स ०.१२, म्युचल फण्ड १.१९, अन्य ०.३२ र व्यापार ०.२१ प्रतिशतले बढेको छ ।

सोमबार पिपुल्स पावरका लगानीकर्ताले सर्वाधिक ८.११ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै कालिञ्चोक दर्शनका लगानीकर्ताले सर्वाधिक ९.६२ प्रतिशतका दरले गुमाएका छन् ।

सोमबार कारोबार रकमको आधारमा कालिञ्चोक दर्शनको ८ करोड ८१ लाख ७८ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा शिभम् सिमेन्ट २ करोड ९९ लाख ६० हजार रूपैयाँको कारोबार भयो ।

तेस्रोमा नबिल बैंक २ करोड १५ लाख ३२ हजार, एनआइसी एशिया १ करोड ८९ लाख र हिमालय डिष्टिलरीको १ करिड ६८ लाख ५५ हजार रूपैयाँको कारोबार भएको छ ।

मोलुङ हाइड्रोपावरको सर्वाधिक ३ करोड ११ लाख ९५ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा शिभम् सिमेन्ट २ करोड ८९ लाख ३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै आज एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ र आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । ती कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । एनआइसी एशियाको २ करोड ३८ लाख ९६ हजार, नबिल बैंक २ करोड १२ लाख ३८ हजार र हिमालय डिष्टिलरीको १ करोड ८४ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष