तनहुँ-१ मा स्वर्णिमको सात हजारभन्दा बढी मतसहितको अग्रता कायमै
काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १८ हजार ४६१ मत ल्याएका छन् । उनका उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार ८४१ मत पाएका छन् ।
वाग्ले भट्टराई भन्दा ७ हजार ६२० मतान्तरले अघि छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार ६८ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया