नबिलले ल्यायो ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’, यस्ता छन् विशेषता
काठमाडाैं । नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। बैंकले नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड बजारमा ल्याएको जनाएको हो।
यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाएको छ। उक्त कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने बताइएको छ। यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंक अपेक्षा छ ।
बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकहरूले बैंकको वेबसाइट वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने बताइएको छ। योजना सीमित अवधिका लागि मात्र भएको बैंकले जनाएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया