अब ड्राइभिङ लाइसेन्स १० वर्षमा नवीकरण गर्नेगरी कानुन बनाइदैं

काठमाडौं । सरकारले सवारी इजाजतपत्र(ड्राइभिङ लाइसेन्स) दश वर्षमा नवीकरण गर्ने गरी कानुन बनाउने भएको छ । आज प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो जानकारी दिएका हुन् ।
अहिले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो झन्झटबाट मुक्त हुनका लागि प्रचलित कानुन संशोधन गर्न लागिएको उनले बताए । कानुन संशोध गरेर लाइसेन्स नवीकरण गर्ने समयलाई १० वर्ष बनाइनेछ ।
‘‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने ।
यो व्यवस्था लागू गर्दा कार्ड छाप्दा हुने खर्चमा पनि कटौती हुने उनको विश्वास छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया