संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाबाट को को भए सिफारिस ?
काठमाडौं । संसदीय सुनवाइ समितिमा राष्ट्रियसभाबाट तीन जना सदस्यहरू मनोनित भएका छन्। बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यहरूको नाम जानकारी दिएका हुन् ।
समितिमा रहने सदस्यहरूमा रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहेका छन् । रायमाझी कांग्रेस, दाहाल एमाले र शर्मा माओवादीबाट रहेका छन् । १५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट ३ र प्रतिनिधिसभाबाट १२ जना सदस्य चयन रहने व्यवस्था छ ।
तर दलीय सहमति नहुँदा प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरू सिफारिस हुन सकेका छैन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया