नेप्सेमा दोहोरो अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । पुँजी बजारमा साताको तेस्रो कारोबार दिन नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६८ अङ्कले घटेर १८९२.०० बिन्दुमा कायम भएको हो ।
आज नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ । आज दुई सय ६४ वटा कम्पनीका २३ हजार ४२९ पटक कारोबारमा २५ लाख ७१ हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
बुधबार सबै उपसमूह घटेका छन् । घटेका उपसमूहरूका सबैभन्दा धेरै लगानी १.३३ अंकले घटेको छ। अन्य उपसमूहरूमा बैंकिङ ०.६२ विकास बैंक १.०२, वित्त ०.८०, होटल तथा पर्यटन १.३२, जलविद्युत ०.८४, जीवन बीमा ०.६०, उत्पादन ०.७८, माइक्रोफाइनान्स ०.६२, नीर्जीवन ०.५९, अन्य ०.३८ र व्यापार ०.३१ अंकले घटेको छ ।
बुधबार जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक ३.२५ प्रतिशतले कमाएका छन् । त्यस्तै सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सर्वाधिक ९.१२ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ७ करोड २ लाख ६० हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा तारागाउँ रिजेन्सी होटल ३ करोड ९० लाख ५० हजार, तेस्रोमा एभरेष्ट बैंक लिमिटेड ३ करोड १७ लाख ८७ हजार, हिमालय डिष्टिलरी २ करोड ६० लाख ४६ हजार र नबिल बैंकको २ करोड ४८ लाख २१ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया