अफगानिस्तानमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको तथा अन्य नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ बाजिरीले बताएका छन् ।
नहरए शाही जिल्लामा भएको उक्त दुर्घटनामा केही महिला र बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । गत आइतबार अफगानिस्तानमा भएकाे सडक दुर्घटनामा यो पाँचौ हो ।
गत मङ्गलबार पश्चिम बाघिस प्रान्तमा यस्तै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने सोमबार बागलान प्रान्तमा भएको अर्को दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया