युक्रेनलाई बृहत् सैन्य सहयोग
ब्रसेल्स । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् ।
नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तबन्द गाडी र दुई सय ३० वटा ट्यांक प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो ।
आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताए । युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उनले दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया