गण्डकीका मुख्यमन्त्रीको शपथ आज, भागबण्डा नमिल्दा मन्त्री टुंगिएन
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले शुक्रबार साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष शपथ लिने तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि पाण्डे संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीको समर्थन रहेको छ ।
पाण्डेका सामु अब आफूलाई समर्थन गरेका दललाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने चुनौती छ । तर सत्तासाझेदार दलबीच भागबण्डा नमिल्दा अहिलेसम्म मन्त्रीको टुंगो लाग्न सकेको छैन ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया