संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । गएराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य भएको हो ।
संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने र त्यसैका आधारमा राष्ट्रपतिले संसदलाई पत्राचार गर्ने प्रावधान छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसद अधिवेशन अन्त्य गर्ने पत्र संसद् सचिवालयलाई पठाएपछि गएरातिदेखि चालु अधिवेशन अन्त्य भएको हो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।
गत मंसिर ४ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात ०७९ पुस २५ गतेदेखि यो संसदको पहिलो अधिवेशन सुरु भएको थियो । तर यो अधिवेशन विधेयक पारित गर्न असफल भएको छ । कैयन कानून निर्माण गर्नुपर्ने आवश्यकता हुँदाहुँदै पनि यसले एउटा पनि बनाउन सकेन ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया