संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । गएराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य भएको हो ।
संवैधानिक प्रावधानअनुसार मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने र त्यसैका आधारमा राष्ट्रपतिले संसदलाई पत्राचार गर्ने प्रावधान छ ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसद अधिवेशन अन्त्य गर्ने पत्र संसद् सचिवालयलाई पठाएपछि गएरातिदेखि चालु अधिवेशन अन्त्य भएको हो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यवाहक राष्ट्रपति यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।
गत मंसिर ४ मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात ०७९ पुस २५ गतेदेखि यो संसदको पहिलो अधिवेशन सुरु भएको थियो । तर यो अधिवेशन विधेयक पारित गर्न असफल भएको छ । कैयन कानून निर्माण गर्नुपर्ने आवश्यकता हुँदाहुँदै पनि यसले एउटा पनि बनाउन सकेन ।
ताजा अपडेट
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?


प्रतिक्रिया