वीर अस्पतालको पर्खाल भत्कियो, चार जना घाइते

काठमाडाैं । वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्। घाइते चारै जना बिरामी कुरूवा रहेका छन् ।
पर्खाल भत्किएर घाइते भएकाहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अहिले उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
आज दिउँसो करिब २ बजेतिर अस्पतालको पुरानो भवनको पर्खाल भत्किएको हो ।
प्रतिक्रिया