नीति बहसः विपद् परिसकेपछिमात्रै सांसदले सदनमा बोल्ने ?
काठमाडौं । विपद् व्यवस्थापनमा हाम्रो पूर्व तयारीलाई लिएर सधैं प्रश्न उठ्दै आइरहेको छ ।
जब घटना घटिसक्छ तबमात्रै सदनमा सांसदहरू समय माग गरी गरी आफ्ना आवाज राख्न थाल्छन् ।
तर विपद्का घटना घट्नुअघि नै त्यसको पूर्वतयारीमका विषयमा सदनमा आवाज किन उठ्दैन ? विपद् व्यवस्थापनको पूर्वतयारीमा हुने ढिलासुस्ती, अधिकार नदिने समस्या, स्रोत साधन नछुट्याउने विषयलाई सांसदले सदनमा कसरी उठाउने ? यसका नीतिगत कमजोरीलाई कसरी सम्बोधन गर्ने ? लगायतका विषयमा नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा चर्चा गरिएको छ ।
बहसमा कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले पूर्वमन्त्री तथा विपद् विज्ञ डा गंगालाल तुलाधार र राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग संवाद गरेका छन् ।
विपद् व्यवस्थापमा हाम्रो अवस्था, बुझाइ र गर्नुपर्ने सुधारबारे गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया