पूर्वी चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु
जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एक जना अझै बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ।
घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
-
बिहीबारदेखि यी स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने
-
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
-
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
-
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
प्रतिक्रिया