सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत
नयाँदिल्ली । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत र चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य वार्तामा उक्त सहमति भएको हो ।
भारत र चीन वास्तविक नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) को पश्चिमी क्षेत्रको भूमिमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका हुन् । दुवै देशले निकट सम्पर्कमा रहने, सैन्य एवम् कूटनीतिक माध्यमबाट वार्तालाई निरन्तरता दिन तथा समाधान गर्न बाँकी सबै मुद्दा पारस्परिक सहमतिमा निरुपण गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘पश्चिमी क्षेत्रको लाइन अफ कन्ट्रोलसँग सम्बन्धित विवाद समाधान गर्न दुवै पक्षबीच गहन छलफल भएको छ , सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने सहमति भएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
पाँच महिनाको अन्तरालमा चीन र भारतका सैन्य अधिकारीबीच उक्त बैठक भएको हो । दुवै देशका लेफ्टिनेन्ट जनरलले नेतृत्व गरेको उक्त बैठकमा चीन र भारतका उच्च सैनिक अधिकारीको सहभागिता थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया