७ सचिवको सरुवा, को कहाँ ?
काठमाडौं । सरकारले सात सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यी सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याइएको छ । बजेट निर्माण कार्य चलिरहेका बेला पोखरेलको सरुवा अर्थमा भएको हो । अर्थका सचिव तोयम रायलाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएपछि राय अर्थमा ल्याइएका थिए ।
सञ्चार मन्त्रालयबाट पजनीमा परेका बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ । यसअघि उनको सरुवा सोही कार्यालयमा गरिएको भए पनि काम नदिई राखिएको थियो ।
अर्का सचिव यादव कोइरालाको पनि सरुवा भएको छ । राष्ट्रपति कार्यालयमा रहेका उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्नको आरोपमा बुधबार पक्राउ परेका टेकनारायण पाण्डेलाई उपराष्ट्रपति कार्यालयबाट सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।
सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थिए । महिला, बालबालिका मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई भने राष्ट्रपतिको कार्यालयको जिम्मेवारी दिइएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया