नवनियुक्त मन्त्रीहरूको सपथ आज
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ बिहीबार लिने भएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो ३ बजेका लागि नवनियुक्त मन्त्रीहरूको सपथ तय भएको जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार आठौं पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको तर्फबाट तीन जना मन्त्री नियुक्त गरेका हुन् । जसमा धनराज गुरुङ कानून, मोहनबहादुर बस्नेत स्वास्थ्य जनसंख्या तथा वातावरण र डिगबहादुर लिम्बू युवा तथा खेलकुद मन्त्री छन् । यी तीन मन्त्रालयमध्ये दुई यसअघि प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए भने कानून मन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका थिए ।
आठौं पटक मन्त्रिपरिषद् विस्तार भए पनि दुई मन्त्रालय खानेपानी र वन तथा वातावरण अझै प्रधानमन्त्रीसँग छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया