दुई दिनमा सुनको मूल्य ३ हजार रूपैयाँले उकालो
काठमाडाैं । बुधबार उकालो लागेको सुनको मूल्य बिहीबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका दुई दिनमा सुनको मूल्य ३ हजार रूपैयाँले उकालो लागेको हो ।
महासंघका अनुसार बुधबार १ हजार ८ सय रूपैयाँले उकालो लागेको सुन बिहीबार १२ सय रूपैयाँले उकालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया