NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दुई दिनमा सुनको मूल्य ३ हजार रूपैयाँले उकालो

काठमाडाैं । बुधबार उकालो लागेको सुनको मूल्य बिहीबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका दुई दिनमा सुनको मूल्य ३ हजार रूपैयाँले उकालो लागेको हो ।

महासंघका अनुसार बुधबार १ हजार ८ सय रूपैयाँले उकालो लागेको सुन बिहीबार १२ सय रूपैयाँले उकालो लागेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।