बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौं : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।
बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उनले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गरेका छन् । साथै उनले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
“दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन्”, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।
उनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
-
देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने


प्रतिक्रिया