NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पाकिस्तानका एक कुख्यात आतंककारी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको प्रहरीले बिहीबार डेरा इस्माइल खान जिल्लामा भएको मुठभेडमा एक जना मोस्ट वान्टेड आतङ्कवादीलाई मारेको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीका अनुसार जिल्लाको फतेह मोर इलाकामा मोहम्मद इकबाल आलिया बाली खियार नाम गरेका आतङ्ककारी साथीसहित मारिएका हुन् ।
प्रहरीको एन्टी टेररिस्ट स्क्वाडका कर्मचारीले आतङ्ककारीलाई घेरेर आत्मसमर्पण गर्न आग्रह गरे पनि उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेपछि गोली हानाहानमा मारिएको प्रहरीले जनाएको छ ।

पख्तुनख्वा र पञ्जाब प्रान्तहरूले आतङ्कवाद, लक्षित हत्या र फिरौतीका लागि प्रहरी अधिकारी र सर्वसाधारणको अपहरण सम्बन्धी २६ वटा मुद्दामा अत्यधिक खोजीमा रहेका आतंककारीको खोजीका लागि इनामको घोषणा पनि गरिएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष